Premier Cables

राजनीति

जेनजी शहीदको सपना सिङ्गो समाजको साझा रूपान्तरणको आकांक्षा हो: नेपाली कांग्रेस

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | बिहान १०:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका शहीदहरूको सपना कुनै निश्चित दल वा व्यक्तिको निजी राजनीतिक एजेण्डा मात्र नभई समग्र नेपाली समाजको रूपान्तरणको साझा आकांक्षा भएको बताएको छ।

कांग्रेसले ती सपना र भावनालाई राज्यको शासन व्यवस्था, नीति-निर्माण र व्यवहारमै प्रतिबिम्बित गर्न सरकारसँग माग गरेको छ।

विज्ञापन

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले आन्दोलनका क्रममा घाइते भएकाहरूको उचित, दीर्घकालीन उपचार, पुनर्स्थापना तथा आवश्यक सहयोगको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

यसैगरी, भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको अत्यधिक बल प्रयोग, सम्भावित घुसपैठ तथा २४ भदौमा भएका आगजनी र तोडफोड जस्ता घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न पनि कांग्रेसले माग गरेको छ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka