Premier Cables
Premier Steel

राजनीति

कांग्रेस आधिकारिता सम्बन्धी सुनुवाई आज

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २२, २०८२  | बिहान १०:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । उक्त मुद्दा आजको सूचीमा १२औँ नम्बरमा परेको छ ।

यसअघि चैत १ गते पनि पेसी तोकिए पनि पालो नआएकाले सुनुवाइ हुन सकेको थिएन । सो अवसरमा रिट निवेदक तथा पूर्व उपसभापति पूर्णबहादुर खड्का बहसका लागि अदालत पुगेका थिए ।

बिज्ञापन

आजको सुनुवाइमा कांग्रेसका दुवै पक्षका नेताहरू अदालतमा उपस्थित हुने भएका छन् । उपसभापति विश्वप्रकाश शर्मा बहसका लागि सर्वोच्च अदालत जाने तयारीमा छन् ।

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भई निर्वाचन आयोगबाट मान्यता पाएपछि त्यसको विरोध गर्दै खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka