Premier Cables
Premier Steel

समाचार

खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बिहिबार, बैशाख ११, २०८२  | साँझ ६:१० बजे

जनकपुरधाम– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि किसानसँग गहुँ खरिद गर्न थालेको छ ।

सरकारले प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ तथा ३८ पैसाका दरले खरिद गर्ने तोकेको समर्थन मूल्यको आधारमा गहुँ खरिद सुरु गरेको कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिए ।

बिज्ञापन

धनुषा तथा महोत्तरीका किसानबाट यसवर्ष दुई हजार ५०० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ । प्रतिकिसानबाट ५० क्विन्टल तथा प्रतिसहकारी संस्थाबाट ५०० क्विन्टल गहुँ खरिद गर्ने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जनकपुरको मुजेलियास्थित कार्यालय हाताभित्र गहुँ खरिदका लागि निःशुल्क काँटासमेत सञ्चालन गरेको छ । धनुषा तथा महोत्तरीका सम्बन्धित स्थानीय तहको सिफारिस तथा गहुँ बिक्री गर्न गहुँ सफा गरी तोकेको मापदण्डको आधारमा हुनुपर्ने र किसानलाई भुक्तानी चेकमार्फत गराइने सूचनामा उल्लेख छ ।

सो कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्यको तुलनामा धान खरिद कम गरेको छ । ३२ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा पाँच हजार ३४६ क्विन्टल धान मात्र खरिद गरिएको छ ।

समर्थन मूल्यभन्दा बजार मूल्य अधिक रहेकाले किसानले आफ्नो उत्पादन निजीक्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको हो । सरकारले प्रतिक्विन्टल तीन हजार ५८० का दरले धान खरिदगर्ने निर्देशन दिएपनि बजारमा करिव रु चार हजार प्रतिक्विन्टलका दरले किसानले धान बिक्री गरेका थिए

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka