Premier Cables
Premier Steel

मनोरञ्जन

‘माग्ने राजा’को ट्रेलरमा आपत्तिजनक शब्द प्रयोग

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २२, २०८२  | साँझ ४:२२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । भदौ ६ गतेलाई प्रदर्शन मिति तोकेको नेपाली चलचित्र ‘माग्ने राजा’ को ट्रेलरमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै आलोचना सुरु भएको छ। निर्माण टोलिले बिहीबार दिउँसो २ बजे ओएसआर डिजिटलमार्फत ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरको करिब ४२ औं सेकेन्डमा चलचित्रका प्रमुख कलाकार केदार घिमिरे (माग्ने बुडा) द्वारा प्रयोग गरिएको एक शब्द (रा..बा..) नेपाली समाजमा आपत्तिजनक मानिन्छ। यो शब्द सामान्यतः घर-परिवार र सार्वजनिक स्थलमा प्रयोग गर्न नहुने खालको गालीका रूपमा लिइन्छ।

बिज्ञापन

चलचित्रको प्रचारका क्रममा यस्ता शब्द प्रयोग गर्नु सामाजिक मर्यादाविरुद्ध रहेको भन्दै दर्शकहरूले युट्युबको कमेन्ट मार्फत प्रयोग गरिएको शब्दको आलोचना गरेका छन ।

नेपाली चलचित्रमा यस्ता शब्द प्रयोग गरेर प्रचार गर्ने गरेका छन् । यसअघि पनि चलिचित्र कबड्डीमा प्रयोग भएको यस्तै शब्दको धेरै विरोध भएको थियो । व्यापारका लागि समाजलाई असर गर्ने यस्ता शब्द प्रयोग गर्नु अनुचित हो ।

ऋषि लामिछानेको निर्देशनमा बनेको यस चलचित्रमा केदार घिमिरे, बर्षा सिवाकोटी लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका नायक केदार घिमिरे माग्ने बुडाले चलचित्रमा अभिनय गरेवापत ६१ लाख लिएको भनेर समेत चर्चा शिखरमा थियो ।

विराटनगरका अधिवक्ता सुजन दाहालका अनुसार नैतिकता, सदाचार र सार्वजनिक हित विपरीतका यस्ता शब्दहरु चलचित्रमा प्रयोग गर्नाले समाजको स्थापित मूल्य मान्यतालाई खलल पुर्याउँछ । यस्ता शब्द प्रयोगको विषयमा सेन्सर बोर्डले समेत ध्यान दिनुपर्ने उनले बताए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka