Premier Cables
Premier Steel

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा अन्तिम बनेकाे कोसी प्रदेशकाे प्रशिक्षकबाटै आलोचना !

कोसीले ७ रजत र ८ कांस्य पदक मात्र ल्यायो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ३१, २०८२  | साँझ ७:४० बजे
Hamro Biratnagar Headlines

धरान । कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले राष्ट्रपति रनिङ शिल्डको १५ औँ संस्करणमा कोशी प्रदेशले एउटै पनि स्वर्ण पदक जित्न नसकेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले यस लज्जास्पद नतिजाको प्रमुख जिम्मेवार प्रदेश सरकार रहेको आरोप लगाए।

सुनसरी जिल्ला फुटबल संघद्वारा आयोजित ‘फिफा कनेक्ट एण्ड स्पोर्टस् इञ्जुरी काउन्सेलिङ’ अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष राईले भने, “फुटबलजस्तो मुख्य खेलमा समेत कोशीले स्वर्ण पदक हात पार्न सकेन, यो राज्यको खेलकुद नीति र तयारीमा देखिएको गम्भीर राजनीतिक हस्तक्षेपको नतिजा हो।”

उनले खेलकुदको पूर्वतयारीमा प्रदेश सरकारको उदासिनता, मन्त्रीस्तरमै देखिएको गैर जिम्मेवार व्यवहार र व्यावसायिकताको अभावले कोशी प्रदेशको गौरवमा धक्का लागेको बताए। “मन्त्रीकै जिल्ला खोटाङबाट राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागिता भएन भने सुनसरी र सङ्खुवासभा जस्ता फुटबलको उर्वर क्षेत्रबाट समेत टिम पठाइएन, यस्तो लापरवाही क्षम्य हुन सक्दैन,” उनले भने।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता काठमाण्डौमा सम्पन्न भएको थियो, जसमा बागमती प्रदेशले ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकसहित टिम च्याम्पियन बन्न सफल भयो। सुदूरपश्चिम प्रदेशले १४ स्वर्ण, २० रजत र १८ कांस्य जित्दै दोस्रो स्थान हासिल गर्यो भने लुम्बिनी प्रदेश ५ स्वर्ण, १३ रजत र १५ कांस्यसहित तेस्रो स्थानमा रह्यो।

गण्डकी, कर्णाली र मधेस प्रदेशले पनि स्वर्ण पदक जित्न सफल भए, तर कोशी प्रदेश भने पदक तालिकाको अन्तिम स्थानमा रह्यो । कोसीले केवल ७ रजत र ८ कांस्य पदक मात्र जित्न सकेको छ।

अध्यक्ष राईले निष्कर्षमा भने, “खेलाडीहरूको मेहनत राज्यको नीतिगत कमजोरीका कारण खेर गएको छ, प्रदेश सरकारले तत्काल सुधार नगरेमा यो संकट अझ गहिरिन सक्छ।”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka