Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

खेलकुद

प्रचण्ड कप भलिबल : पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

Calendar बुधबार, जेठ २८, २०८२  | राती ८:२९ बजे

पोखरा । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशालास्थित कभर्डहलमा बुधबार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै दुवै टिम समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

बिज्ञापन

पुलिसले स्टेप रामपुरलाई ३–० को सेटमा हरायो । एकतर्फी जित निकाल्ने क्रममा पुलिसले रामपुरलाई २५–७, २५–९ र २५–९ को सेटमा हरायो । न्युडायमण्डले समेत सहज जित निकाल्ने क्रममा गण्डकीलाई २५–८, २५–१० र २५–१२ को सेटमा हरायो ।

समूह चरणका सुरुआती दुई खेलमा शतप्रतिशत जित निकाल्दै पुलिस र न्यु डायमण्डले सेमिफाइनलमा सहज स्थान बनाएका हुन् ।

नेश्नल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष दिपक कोईरालाले जानकारी दिए

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो