Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका २ हजार २५७ गरिब परिवारले पाउने भए परिचयपत्र, १९ वटै वडाबाट वितरणको तयारी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ०४, २०८३  | साँझ ५:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षा तथा लक्षित वर्गका सुविधा वास्तविक गरिब परिवारसम्म पुर्‍याउने उद्देश्यले विराटनगर महानगरपालिकाले गरिब परिवार परिचयपत्र वितरणको तयारी अघि बढाएको छ ।

महानगरका १९ वटै वडामा पहिचान भएका २ हजार २५७ गरिब परिवारलाई वडास्तरबाटै परिचयपत्र वितरण गर्ने योजना महानगरले बनाएको हो ।

विज्ञापन

संघीय सरकारको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत महानगरमा प्राप्त परिचयपत्र सम्बन्धित वडामार्फत लाभग्राहीसम्म पुर्‍याउन लागिएको छ । यसैक्रममा महानगरका प्रमुख नागेश कोइरालाले वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीलाई गरिब परिवार पहिचान तथा परिचयपत्र हस्तान्तरण गरेका छन् । महानगरले उपलब्ध गराउने परिचयपत्र अब वडास्तरबाट वितरण हुनेछ ।

हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र सूचना अधिकारीसमेत रहेका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको उपस्थिति थियो । महानगरले परिचयपत्र वितरणलाई वडास्तरबाट व्यवस्थित बनाउँदै पहिचान भएका परिवारसम्म सहज पहुँच पुर्‍याउने तयारी गरेको छ ।

महानगरको तथ्यांकअनुसार विराटनगरमा पहिचान भएका २ हजार २५७ गरिब परिवारमध्ये ४९८ परिवार अति गरिब, १ हजार ४२ परिवार मध्यम गरिब र ७१७ परिवार सामान्य गरिबको सूचीमा छन् । महानगरभित्र कुल ३८ हजार ६१९ घरपरिवार रहेको तथ्यांकले देखाएको छ । यसअनुसार महानगरका कुल घरपरिवारमध्ये करिब ५ दशमलव ८४ प्रतिशत परिवार गरिबीको सूचीमा समेटिएका छन् ।
गरिबीको अवस्थाका आधारमा परिवारलाई विभिन्न वर्गमा विभाजन गरी परिचयपत्र उपलब्ध गराउन लागिएको हो । यसबाट आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका परिवारको पहिचान गर्न, उनीहरूको आवश्यकता सम्बोधन गर्न र राज्यका लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महानगर प्रमुख कोइरालाले गरिब परिवारको पहिचान र परिचयपत्र वितरणलाई राज्यका सुविधा वास्तविक लाभग्राहीसम्म पुर्‍याउने महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको बताए । उनले पहिचान भएका परिवारले परिचयपत्र प्राप्त गरेपछि उनीहरूको आर्थिक तथा सामाजिक अवस्था र आवश्यकताका आधारमा लक्षित कार्यक्रम सञ्चालन गर्न सहज हुने बताए ।

उनका अनुसार गरिब परिवारको पहिचान कागजमा सीमित नराखी त्यसलाई उनीहरूको जीवनस्तर सुधारसँग जोड्न आवश्यक छ । महानगरले संघीय सरकारको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वास्तविक लाभग्राहीले राज्यबाट पाउनुपर्ने सुविधा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले परिचयपत्र वितरणलाई व्यवस्थित, पारदर्शी र लक्षित परिवारमै केन्द्रित गर्ने गरी महानगरले काम अघि बढाएको बताए । उनले वडा कार्यालयमार्फत परिचयपत्र वितरण गर्दा लाभग्राहीको पहिचान, विवरण प्रमाणीकरण र अभिलेख व्यवस्थापनमा सहजता हुने बताए । परिचयपत्र वितरणसँगै सम्बन्धित परिवारलाई राज्यका लक्षित सेवा तथा सुविधासँग जोड्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

नेपाल सरकारले २०७५ सालदेखि गरिब परिवार पहिचान तथा राज्य सुविधा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक रूपमा कमजोर परिवारको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई राज्यका विभिन्न सेवा, सुविधा र सहुलियतमा प्राथमिकता दिने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

निर्माण व्यवसायी महासंघ कोशीको अधिवेशन-निर्माण क्षेत्रका समस्या समाधान र नीतिगत सुधारको माग

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

विराटनगरका उद्योगीको माग: बैंकको अतिरिक्त शुल्क खारेज गरी कर्जा प्रक्रिया दुई पृष्ठमा सीमित गर

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

शेयर बजारमा सामान्य गिरावट

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

प्रधानमन्त्री बालेनसँगै ५२ उद्योगी व्यवसायी भारत जाँदै

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

एकैदिन सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

प्रधानमन्त्रीको भारत भ्रमणबाट जुट उद्योगीको अपेक्षा, शुल्क हटाउन पहल हुने विश्वास

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka