Premier Cables

पर्यटन

इनरुवाबाट दुई हजार पाँच सय ६६ किलो गाँजासहित दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १९, २०८३  | अपराह्न १२:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी | सुनसरीको इनरुवाबाट प्रहरीले दुई हजार पाँच सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

इनरुवा नगरपालिका ३ स्थित सखुवागाछी चोकमा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ८३ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो।

विज्ञापन

प्रहरीका अनुसार बन्दागोभी बोकेको ट्रकमा लुकाएर गाँजा लैजाँदै गरेको अवस्थामा सहिदभूमि गाउँपालिका २ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka