Premier Cables

कोशी प्रदेश

ताप्लेजुङ आगलागीमा १० घर जले, आगलागीको कारण खुलेन

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | साँझ ४:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो भीषण आगलागी हुँदा करिब १० घर जलेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार स्थानीय दाबा शेर्पाको घरबाट सुरु भएको आगो बाक्लो बस्तीका कारण आसपासका घरमा तीव्र रूपमा फैलिएको हो। करिब ५० घरधुरी रहेको बजारमा आगलागीको कारण भने खुल्न सकेको छैन।

विज्ञापन

आगो नियन्त्रणका लागि फुङलिङ बजारबाट दुईवटा दमकल घटनास्थल पठाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा जुटेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट समेत थप सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी कमल बजागाईंका अनुसार घरहरू एकआपसमा जोडिएर रहेका कारण आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ। आगो थप फैलिन नदिन जोखिममा रहेका घरहरू भत्काउने कामसमेत भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने काम भइरहेको जानकारी दिए।

दोभान बजारमा यसअघि पनि केही वर्षअघि आगलागी भएको थियो। हालसम्म आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka