Premier Cables
Premier Steel

खेलकुद

स्विट्जरल्यान्ड विश्वकप २०२६ को समूह ‘बी’ को विजेता

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ११, २०८३  | बिहान ५:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

भ्यानकुभर । स्विट्जरल्यान्ड विश्वकप २०२६ को समूह ‘बी’ को विजेता भएको छ ।

टोलीले भ्यानकुभरमा सहआयोजक क्यानडालाई २–१ गोलले पराजित गर्‍यो । यसअघि नै यी दुई टोली नकआउट चरणमा प्रवेश गरिसकेका थिए ।

बिज्ञापन

दुवै टोलीले पहिलो हाफमा खासै मौका बनाउन सकेनन् । मध्यान्तरपछि गोलको खाता खोल्न स्विस टोलीलाई ६० सेकेन्ड पनि लागेन । जोहन मान्जाबीको सानदार पासमा रुबेन भार्गसले स्विट्जरल्यान्डबाट गोल गरी घरेलु दर्शकलाई स्तब्ध पारेका थिए । उनै मान्जाम्बीले ५७ औं मिनेटमा दोस्रो गोल थपे ।

प्रोमिस डेबिडले क्यानडाबाट ७६ औं मिनेटमा गोल फर्काएका थिए । त्यसका लागि नाथन सालिबाले उनलाई उत्कृष्ट पास उपलब्ध गराइदिएका थिए । अन्तिम १५ मिनेटमा स्विस पोस्टमा एकोहोरो आक्रमण गरे पनि क्यानडाले थप गोल गर्न सकेन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa