Premier Cables
Premier Steel

खेलकुद विराटनगर

विराट गोल्डकप चैत २८ देखि, भारतका सहित आठ टिम भिड्ने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २०, २०८२  | बिहान ११:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चैत २८ गतेदेखि सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा भारतको बिर्सा मुन्डा एकेडेमी (झारखण्ड)सहित आठ टोलीको सहभागिता रहने भएको छ । प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार मोरङ जिल्लाको लिग विजेता सम्राट स्पोर्टिङ क्लबले प्रतियोगिताको चौथो खेलमा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते झारखण्डको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

बिज्ञापन

ट्रफीसहित ११ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको प्रतियोगिताको दोस्रो खेलमा एपीएफ एफसीले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता तथा साविक उपविजेता चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ ।

साविक विजेता थ्रीस्टार क्लबको अनुपस्थितिमा तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सहिद मैदानमा दिवा–रात्री खेल हुने प्रतियोगिताका लागि मैदान तयारीको काम तीव्र रूपमा भइरहेको प्रवक्ता लामाले जानकारी दिएका छन् । गोल्डकप प्रवर्द्धनमा कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको छ ।

२०१८ सालदेखि सुरु भएको महेन्द्र गोल्डकप २०६७/०६८ पछि विराट गोल्डकपका रूपमा रूपान्तरण भएको हो । आयोजकले यस संस्करणलाई ३८औं संस्करणका रूपमा गणना गर्ने जनाएको छ ।

अघिल्लो संस्करणमा थ्रीस्टार क्लबले चर्च ब्वाइजलाई २–० ले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो । साथै, थ्रीस्टारले यसअघि पाँचौं संस्करणमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पनि उपाधि जितेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka