Premier Cables
Premier Steel

कोशी प्रदेश

सुनसरीमा गोली लागि भएको मृत्यु घटनामा प्रहरीद्वारा अनुसन्धान शुरु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष १८, २०८२  | अपराह्न १२:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनाको छानबिनका क्रममा प्रहरीले सशस्त्र प्रहरी बलका एक वरिष्ठ हवल्दारसँग सोधपुछ गरिरहेको छ।

घटनामा संलग्न रहेको आशंकामा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा बोलाएर सोधपुछ सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले खतिवडा बिहीबारदेखि नै प्रहरीको सम्पर्कमा रहेको र बयान लिने काम भइरहेको जानकारी दिए।

बिज्ञापन

उनका अनुसार घटनासम्बन्धी तथ्य संकलन र अनुसन्धान प्रक्रिया जारी छ।

बुधबार मध्यराति सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ निवासी ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो। लौकही नाकाबाट चिनी बोकेर आएका तीन वटा अटो रिक्सामा सवार समूहलाई सशस्त्र प्रहरीले रोकेर कारबाही गर्ने क्रममा गोली चलेको बताइएको छ।

सशस्त्र प्रहरी बलले भने तस्करको समूहले पहिले गोली चलाएपछि जवाफी कारबाही गरिएको दाबी गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka