Premier Cables
Premier Steel

मनोरञ्जन विराटनगर

विराट ट्रेड एक्स्पोमा आज उजन शाक्य  र समीक्षा अधिकारीको प्रस्तुति

Calendar शुक्रबार, पुष ११, २०८२  | बिहान ८:०३ बजे

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा शुरु भएको विराट ट्रेड एक्स्पोमा विविध सांस्कृतिक प्रस्तुति पनि भइरहेको छ।  
आज उजन शाक्य  र समीक्षा अधिकारीको प्रस्तुति दिने छन् । शाक्य र अधिकारी युवाहरु माझ लोकप्रिय गायक गायिका हुन् ।

एक्सपो जिल्ला प्रहरी कार्यालय मोरङको कार्यालय नजिकैको मैदानमा चलिरहेको छ । एक्सपोमा हरेक दिन सांगीतिक कार्यक्रम भइरहेको छ ।

बिज्ञापन

दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले एक्सपोमा आकर्षण थपिएको छ ।

पहिलो दिन पुस ९ गते (बुधबार) चर्चित ब्याण्ड कुटुम्ब र गायिका ईन्द्रकला राईको  प्रस्तुति गरेका थिए । त्यसपछि कुमा सागर र आश्मा विश्वकर्माको प्रस्तुति रह्यो ।

एक्स्पोका संयोजक अनिल सरडाका अनुसार  जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको मैदानस्थित एक्स्पो स्थलमा अपरान्ह सांगीतिक कार्यक्रम शुरु हुने छ ।‌

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka