विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा शुरु भएको विराट ट्रेड एक्स्पोमा विविध सांस्कृतिक प्रस्तुति पनि भइरहेको छ।
आज उजन शाक्य र समीक्षा अधिकारीको प्रस्तुति दिने छन् । शाक्य र अधिकारी युवाहरु माझ लोकप्रिय गायक गायिका हुन् ।
एक्सपो जिल्ला प्रहरी कार्यालय मोरङको कार्यालय नजिकैको मैदानमा चलिरहेको छ । एक्सपोमा हरेक दिन सांगीतिक कार्यक्रम भइरहेको छ ।
बिज्ञापन
दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले एक्सपोमा आकर्षण थपिएको छ ।
पहिलो दिन पुस ९ गते (बुधबार) चर्चित ब्याण्ड कुटुम्ब र गायिका ईन्द्रकला राईको प्रस्तुति गरेका थिए । त्यसपछि कुमा सागर र आश्मा विश्वकर्माको प्रस्तुति रह्यो ।
एक्स्पोका संयोजक अनिल सरडाका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको मैदानस्थित एक्स्पो स्थलमा अपरान्ह सांगीतिक कार्यक्रम शुरु हुने छ ।