नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा आजदेखि विराट ट्रेड एक्स्पो सुरु हुंदै छ ।
संघीय सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
एक्सपोमा दैनिक गीत संगीतका विभिन्न कार्यक्रमहरू पनि प्रस्तुत हुंदैछ । दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले एक्सपोमा आकर्षण थपिएको छ ।
पहिलो दिन पुस ९ गते (बुधबार) चर्चित ब्याण्ड कुटुम्ब र गायिका ईन्द्रकला राईको प्रस्तुति रहेको छ ।
एक्स्पोका संयोजक अनिल सरडाका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको मैदानस्थित एक्स्पो स्थलमा अपरान्ह सांगीतिक कार्यक्रम शुरु हुने छ ।
स्वदेशी तथा विदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनका स्टलहरू समेत रहेका छन्ने । एक्स्पोको उद्घाटन आज दिउँसो २ बजे हुने छ।
