Premier Cables
Premier Steel

खेलकुद

एनपिएलमा आज छैन, भोलि दुई खेल

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | बिहान ११:२० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज सोमबार कुनै खेल तय गरिएको छैन।

नेपाल क्रिकेट संघले मंसिर १ गतेदेखि सुरू भएको प्रतियोगिताको खेल तालिकामा आजको लागि कुनै खेल समावेश नगरेको जनाएको छ।

तर, भोलि मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई खेल आयोजना हुनेछन्।

पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राईनोज बीच हुनेछ। त्यसपछि दिउँसो ४ः०० बजे पोखरा एमेन्जर्स र कर्णाली याक्सबीच दोस्रो खेल हुनेछ।

अबसम्म १९ खेल सम्पन्न भइसकेका छन्, जसमा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ। १० अंकसहित रोयल्स तालिकाको शीर्ष स्थानमा रहँदै प्ले–अफका लागि क्वालिफाई भइसकेका छन्। काठमाडौँ गुर्खाज र विराटनगर किङ्स समान ८ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

चितवन राईनोज र लुम्बिनी लायन्स समान ४ अंकसहित चौथो र पाँचौं स्थानमा छन्। कर्णाली याक्स छैटौँ र पोखरा एमेन्जर्स सातौँ स्थानमा छन्, जबकि साबिकको विजेता जनकपुर बोल्ट्स तालिकाको अन्तिम स्थानमा रहेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka