






काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले नेपालका प्रमुख नेताहरु—केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा र आरजु राणा लगायतलाई तुरुन्त पक्राउ गरी उनीहरूमाथि उठेका भ्रष्टाचारसम्बन्धी आरोपहरूको निष्पक्ष र कानूनी छानबिन सुरु गर्नुपर्ने माग गरेका छन्। बिहीबार सामाजिक सञ्जालमा जारी ब्यक्तिगत अभिव्यक्तिमा प्रसाइँले यस्तो आग्रह गरेका हुन्।
प्रसाइँले भनेका छन् कि शीर्ष नेताहरू विरुद्धको उजुरी र आरोपहरुलाई तुरुन्त अर्थपूर्ण कानुनी प्रक्रियाअनुसार अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गरिनु आवश्यक छ र दोषी साबित भएमा कानुनले तोकेझैं कारबाही हुनुपर्ने उनका जोड छन्। उनले यो कदम सम्झौतामुखी नभई न्यायपरक हुनुपर्ने स्पष्ट पारेका छन्।
त्यसैगरी प्रसाइँले विदेशी शक्तिको आडमा देश चलाउने प्रयासलाई कठोर रूपमा नकार्दै “लुसिफरजस्ता विनाशकारी विचार बोकेका मानिसहरू”ले नेपालको स्वाभिमान र स्वतन्त्रतामा आघात पुर्याउने खतरा औँल्याएका छन्। देशको परम्परा, धर्म र संस्कृतिलाई जोगाउनु राष्ट्रको पहिचान बचाउन अनिवार्य भएको तर्क उनीद्धारा प्रस्तुत गरिएको छ।
प्रसाइँले शान्तिपूर्ण आन्दोलनको आह्वान गर्दै छठ पर्वपश्चात हुने भनिएको महाआन्दोलनमा सबैलाई सहभागी हुन अनुरोध गरेका छन्। तर उनले त्यही समयमा हुने कुनै पनि प्रकारको हिंसा—प्रहरीमाथि आक्रमण, प्रहरी चौकीमा आगजनी वा ऐतिहासिक तथा संवैधानिक सम्पदामा विनाश—स्वीकार्य नरहने र यस्ता अपराधमा संलग्नहरूलाई कडाइका साथ कानूनी कारबाही गरिनुपर्नेमा जोड दिएका छन्।
उक्त वक्तव्यले राजनीतिक उत्तरदायित्व, पारदर्शिता र कानुनी शासनको पक्षमा जोड दिने भएकाले सार्वजनिक बहसमा नयाँ तरंग पैदा हुने अपेक्षा गरिएको छ। राजनीतिक दल र सम्बन्धित निकायले प्रसाइँको भनाइप्रति कसरी प्रतिक्रिया जनाउनेछन् भन्ने प्रश्न अहिलेको प्रमुख विषय बन्न पुगेको छ।