Premier Cables
Premier Steel

राष्ट्रिय

माइतीघरमा ‘भ्रष्ट नेतालाई पक्राउ गर’ भन्ने ब्यानर टाँगियो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | बिहान १०:५५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । काठमाडौंको माइतीघर मण्डलामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न शीर्ष राजनीतिक नेतालाई भ्रष्टाचारको आरोपमा पक्राउ गर्नुपर्ने मागसहित ब्यानरहरू टाँगिएको छ।

‘जेनजी’ नामक समूहले आज माइतीघरमा विरोध प्रदर्शन गर्ने योजना बनाएको थियो, तर सो कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको हो। यद्यपि, प्रदर्शन स्थगन भए पनि पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेकपा (एस) का नेता माधवकुमार नेपाल, कांग्रेस नेतृ आर्जु राणा देउवा लगायतका नेताहरूको नामसहित उनीहरूलाई “भ्रष्ट” भन्दै ब्यानरहरू टाँगिएको देखिएको छ।

बिज्ञापन

गएराति दल निकट युवाहरूले काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजीका अगुवा सुदन गुरुङको नामसहितको ब्यानर हटाउने प्रयास गर्दा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्थिति केहीबेरका लागि धक्का-मुक्कासमेतमा परिणत भएको जानकारी प्राप्त भएको छ।

यद्यपि आज कुनै औपचारिक प्रदर्शन नभए पनि माइतीघर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka