Premier Cables
Premier Steel

मनोरञ्जन

माइतीघरको नयाँ गीत, ‘मिलियन भ्युज’ नाघ्यो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | बिहान ११:२७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली चलचित्र इतिहासमा निजी क्षेत्रको लगानीमा निर्माण भएको पहिलो फिल्म ‘माइतीघर’को लोकप्रिय गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ नयाँ पुस्ताका लागि पुनः प्रस्तुत गरिएको छ। माइती घरको नयाँ गीत रिलिज भएको तीन दिन पुगेको छ । यो अवधिमा भिडियो भ्युज एक मिलियन भन्दा माथि पुगिसकेको छ ।

आशा भोस्लेले गाएको मूल गीतलाई अहिलेकी गायिका सञ्जिवनीको स्वरमा नयाँ शैलीमा पुनः तयार गरिएको हो। नयाँ निर्माणमा पनि चलचित्रको नाम ‘माइतीघर’ नै राखिएको छ, तर परिवेश नयाँ छ। निर्माता रोहित अधिकारीका अनुसार, गीतको पुरानो मर्मलाई जस्ताको तस्तै राखेर, नयाँ श्रोताको रुचिअनुसार गीतलाई पुनर्जीवित गरिएको हो।

बिज्ञापन


“हामीले पुरानो कालजयी गीतलाई नयाँ स्वरमा प्रस्तुत गरेका छौं, ताकि यो गीत अहिलेको पुस्तासम्म पुग्न सकोस्,” अधिकारीले भने। गीतमा दिवंगत संगीतकार जयदेवको संगीत र किरण खरेलको शब्द यथावत् राखिएको छ।


५ लाखको पुरस्कारसहित भिडियो प्रतियोगिता

निर्माताले गीत सार्वजनिकसँगै एक खुला भिडियो प्रतियोगिता पनि घोषणा गरेका छन्। भिडियोमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई रु. ५ लाख पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताका लागि ४० सेकेन्डदेखि २ मिनेटसम्मको श्रव्यदृश्य (डान्स भिडियो) तयार गरी निर्माण पक्षलाई पठाउनुपर्नेछ।


“यो प्रतियोगिता गीतलाई नयाँ पुस्तामा पुर्‍याउनुका साथै चलचित्रको प्रचारमा पनि सहयोग पुर्‍याउनेछ,” निर्माता अधिकारीले बताए।

गीतको भिडियोमा उपासना सिंह ठकुरी र श्याम श्री शेर्पाले अभिनय गरेका छन्। कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् भने मानकृष्ण महर्जन र सुशन प्रजापतिले छायाङ्कन र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।

मिलन तामाङको निर्देशनमा तयार भएको ‘माइतीघर’ चलचित्रमा केदारप्रसाद घिमिरे (माग्ने बुढा), धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्र दसैंको फूलपाती (असोज १३ गते) देखि देशभर प्रदर्शनमा आउने निर्माण टोलिले जानकारी दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka