Premier Cables
Premier Steel

मनोरञ्जन

‘सैयारा स्टार’ अनित पड्डा काठमाडाैमा,घुमिन बाैद्धनाथ

Calendar बुधबार, भाद्र १८, २०८२  | साँझ ५:१८ बजे

काठमाडौं । बलिउडको ब्लकबस्टर फिल्म ‘सैयारा’बाट चर्चामा आएकी अभिनेत्री अनित पड्डा हाल काठमाडौं भ्रमणमा छिन् । ‘सैयारा’ले विश्वभर उत्कृष्ट कमाइसहित नेपालमा समेत यस वर्ष सर्वाधिक आम्दानी गर्ने विदेशी फिल्मको रेकर्ड कायम गरेको थियो ।

अनित पड्डा अमेजन प्राइम भिडियोको सिरिज बिग गर्ल्स डन्ट क्राइ की को-स्टार तथा नेपाली अभिनेत्री–सोसल मिडिया इन्फ्लुएन्सर ल्हाकिलासँग राजधानीमा घुमघाममा रमाइरहेकी छन् । ल्हाकिलाले बौद्ध स्तुपा, कराओके तथा सडकमा रमाइरहेको उनीहरूको फोटो तथा भिडियो सेयर गर्दै अनितलाई ‘विशेष साथी’ भन्दै माया प्रकट गरेकी छन् ।

बिज्ञापन

‘सैयारा’को सफलता पछि पड्डा कामसँगै यात्रामा पनि ब्यस्त छिन् । निकट भविष्यमै उनको ओटीटी सिरिज न्याय रिलिज हुने तयारीमा रहेको छ भने उनी मनीष शर्माको निर्देशनमा बन्ने एक रोमान्टिक फिल्ममा समेत देखिने चर्चा छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka