Premier Cables
Premier Steel

मनोरञ्जन

गंगा बनिन् नेपाल आईडल

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | बिहान ७:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । डाँडापाखाका सीमाहरूलाई पार गर्दै, गंगा सोनामले नेपाल आइडलको उपाधि हात पारेकी छन्।

इन्द्रावती नदीको काखमा हुर्किएकी गंगाले सुदूरका भाकाहरूलाई सहजै गाएर आफूलाई एक नयाँ परिचय दिलाइन्। उनको कर्णप्रिय आवाज र अद्वितीय प्रस्तुति नै उनका करियरको महत्वपूर्ण टर्निङ प्वाइंट बन्यो।

बिज्ञापन

इन्द्रावतीको ‘छाल’ मात्र सुदूरमा सीमित रहेन, यसले विश्वभर फैलिने यात्रा तय गर्यो। रमेश विकलको उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ जस्तै, गंगाको स्वर पनि ‘कलकल’ बग्न थाल्यो। अन्ततः, गत आइतबार उनले सोही मञ्चबाट आइडलको उपाधि जितेकी छिन्।

गंगाको जन्म इन्द्रावती गाउँपालिका-१०, भोटसिपामा भएको हो। २० वर्ष अघि बुबा ध्रुव र आमा सीता सोनामको गर्भबाट गंगासँगै अर्की बहिनी जमुनाले पनि यो संसारमा पाइला टेकेकी थिइन्। दुर्भाग्यवश, जमुनालाई बचाउन सकिएन।

बुबा ध्रुव सोनामका शब्दमा, “पाँचवटी छोरीको जन्मसँगै छोरो जन्मिएको थियो। जमुना जन्मनासाथ बितिन्। समय त्यस्तै थियो, बचाउन सकिएन।”

समय बित्दै गयो र गंगाले गाउँ नजिकैको स्कुलमा आठ कक्षासम्मको अध्ययन पूरा गरिन्। ९ देखि १२ सम्म भने, भोटसिपाको नजिकैको चण्डेश्वर माविमा पढाइ। त्यतिबेला उनका दाजु र दिदीहरू शहर गएका थिए। उनीहरूको संगतमा थप अध्ययनका लागि गंगाले काठमाडौंको यात्रा गरेकी थिइन्।

ध्रुव सोनामका अनुसार, बाल्यकालदेखि नै गंगा गीत गाउन रुचाउँथिन्। तर उनले कहिल्यै सोचिनन् कि यो यात्रा एक दिन यस्तो मञ्चसम्म पुग्नेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka