Premier Cables
Premier Steel

कोशी प्रदेश

नेपाली कांग्रेसको समानुपाति बन्दसूचीमा कोशी प्रदेशबाट को-को परे ?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष १५, २०८२  | साँझ ५:४८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशबाट समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा १८ जनाको नाम समावेश गरेको छ।

केन्द्रीय नेताहरूसँगको समन्वयमा कोशी प्रदेश कार्यसमितिले पाँचवटा क्लस्टरबाट प्रतिनिधित्व हुने गरी नाम टुंगो लगाएको हो। सूचीअनुसार आदिवासी जनजातितर्फ ४ पुरुष र ५ महिला गरी ९ जना, खस आर्यतर्फ ४ महिला, थारूतर्फ १ महिला, दलिततर्फ १ महिला र १ पुरुष तथा मुस्लिमतर्फ १ महिला र १ पुरुष चयन भएका छन्।

आदिवासी जनजाति पुरुषतर्फ केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बे (पाँचथर), गोपालमानसिंह भण्डारी (मोरङ), थलकुमार लिंखा (संखुवासभा) र विजय सोम्वाहाम्फे (तेह्रथुम) छन्। महिलातर्फ गीता गुरुङ (सोलुखुम्बु), गीताकुमारी सेन्दाङ (ताप्लेजुङ), सविता राई (ओखलढुंगा), प्रमिका रानामगर (इलाम) र निर्मला गुरुङ (सुनसरी) समेटिएका छन्।

खस आर्य क्लस्टरबाट सुशीला ढकाल आचार्य (झापा), रुक्मिणी कोइराला (मोरङ), गोमकुमारी भट्टराई (झापा) र रिना उप्रेती (सोलुखुम्बु) चयन भएका छन्। उप्रेती केन्द्रीय सदस्य बलबहादुर केसीकी पत्नी हुन्।

थारू क्लस्टरबाट डा. प्रमिला गच्छदार (मोरङ) को नाम समावेश गरिएको छ। दलिततर्फ मनुमाया विश्वकर्मा (झापा) र चन्द्रेश्वर शर्मा खत्वे (सुनसरी) छन्। मुस्लिम क्लस्टरबाट नागमा शाहिद अन्सारी र जमिल अख्तर मिया (दुवै सुनसरी) लाई बन्दसूचीमा राखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka