Premier Cables

विराटनगर

रङ्गेलीमा प्रहरी कार्यालयलाई जग्गा दिने दातालाई सम्मान

Calendar शुक्रबार, जेठ १६, २०८२  | बिहान ११:५० बजे

रंगेली । मोरङको रंगेली नगरपालिका-९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाको लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले सम्मान गरेका छन् ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय दोहमना परिसरमा आयोजित कार्यक्रममा जग्गादाता स्थानीय सुरज कुमार यादवको श्रीमती रिंकी कुमारी यादवलाई प्रदेश प्रहरी प्रमुख कार्कीले सम्मान गरे ।

बिज्ञापन

उक्त कार्यक्रममा जग्गाधनी रिंकी कुमारी यादवले इलाका प्रहरी कार्यालय दोहमनाको लागि उपलब्ध गराएको रंगेली-९ स्थितमा रहेको २७९.३८ वर्ग मिटर क्षेत्रफल भएको जग्गाधनी दर्ता प्रमाण पूर्जासमेत प्रदेश प्रहरी प्रमुख कार्कीलाई हस्तान्तरण गरियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया,इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटी,रंगेली नगरपालिका-०९ का वडा अध्यक्ष चुडामणी रेग्मी,स्थानीय भद्र-भलादमी,बुद्धिजीवी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो