विराटनगर । पूर्वी नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा गर्मी मौसममा पाहुनाहरूलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यसहित मोरङको विराटचोकस्थित नेपालीरिका होटलले विशेष ‘चिल एण्ड चियर्स’ (चिल एन्ड चियर्स) पूल पार्टी आयोजना गर्ने भएको छ।
होटलले आगामी जेठ २९ गते शुक्रबार आफ्नो अत्याधुनिक स्विमिङ पूल परिसरमा विशेष कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रम साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ।
होटलका अनुसार पर्यटन र मनोरञ्जनलाई एकसाथ जोड्दै गर्मी मौसमलाई थप रमाइलो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले पूलसाइड वातावरणमा मनोरञ्जनसँगै होटलको आतिथ्य सेवाको अनुभव लिन सक्नेछन्।
होटलका मार्केटिङ म्यानेजर विकी राईले कार्यक्रमले पूर्वी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
“हाम्रो पूलसाइड आधुनिक विलासिता र स्थानीय स्वादको सुन्दर संगम हो। पूर्वी नेपाल भ्रमणमा आउने पर्यटक तथा स्थानीय पाहुनाहरूलाई गर्मीबाट राहत दिनुका साथै नेपालीरिकाको विशिष्ट आतिथ्य अनुभव गराउने लक्ष्य राखेका छौँ। यो कार्यक्रमले यस क्षेत्रको पर्यटनमा नयाँ ऊर्जा थप्ने विश्वास लिएका छौँ,” उनले भने।
कार्यक्रममा लाइभ डिजे प्रस्तुति, एकाउस्टिक सङ्गीत, विभिन्न मनोरञ्जनात्मक खेल तथा सिग्नेचर ककटेलको व्यवस्था रहने जनाइएको छ। साथै होटलका अनुभवी सेफद्वारा तयार गरिएका विविध परिकारसहित ‘लाइभ फूड स्टेसन’ पनि आकर्षणको केन्द्र रहनेछ। यसमा प्रवेश शुल्क रु.९९९ तोकिएको छ । जसबाट एक क्यान बियर उपलब्ध हुनुका साथै ककटेल नि: शुल्क उपलब्ध हुनेछ ।
होटल व्यवस्थापनका अनुसार कार्यक्रमले स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै विराटचोक क्षेत्रलाई मनोरञ्जन र आतिथ्यको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
