Premier Cables

मनोरञ्जन

नेपालमा धुरन्धर-२ को ग्रस कलेक्सन साढे १० करोड

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र १६, २०८२  | अपराह्न १:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बलिउड फिल्म ‘धुरन्धर–२ : द रिभेन्ज’ले नेपालमा पनि उल्लेखनीय व्यापार गरिरहेको छ। चलचित्र विकास बोर्डको बक्सअफिस स्रोतका अनुसार आइतबार साँझ ५ बजेसम्म फिल्मले करिब १० करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

बलिउडमा नयाँ रेकर्ड बनाउँदै आएको यो फिल्म नेपालमा पनि उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ।

विज्ञापन

आदित्य धरको लेखन तथा निर्देशनमा बनेको जासुसी थ्रिलर फिल्ममा रणवीर सिंह, आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन र राकेश बेदीलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा पाकिस्तानस्थित आतंकवादी समूहविरुद्ध सञ्चालन गरिएको भारतीय जासुसी मिसनमा आधारित छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka