२०८२ जेठ ०८, बिहिबार
Premier Cables

अर्थ शेयर बजार

नयाँ गर्भनरको अभिव्यक्तिले शेयर बजारमा हरियाली, बैंकिङ समूहमा देखियो उत्साह

Hamro Biratnagar Calendar बिहिबार, जेठ ०८, २०८२  | 3:31 PM

काठमाडौं । सेयर बजारमा बिहीबार सकारात्मक माहोल देखिएको छ । नेप्से सूचक १९.४० विन्दुले बढेर २६८८.९१ अंकमा आएको छ । ९ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बिज्ञापन

वाणिज्य बैंक समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ एउटामै नकारात्मक सर्किट लागेको छ ।
यसअघि ट्रेडर हावी हुँदा बुधबार भने अन्तिम प्रहरमा गएर नेप्से दबाबमा परेको थियो । अघिल्लो दिन केही घटेको भए पनि बिहीबार बजार पुनः बढेको हो ।
केन्द्रीय बैंकमा गभर्नर नियुक्त भइसकेका छन् । नवनियुक्त गभर्नरले पुँजी बजार सुधारका लागि उपयुक्त नीतिहरु लिइने बताएपछि बजारमा सकारात्मक प्रभाव देखिएको अनुमान गरिएको छ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बुधबार एक टेलिभिजन अन्तवार्तामा बैंक–वित्तीय संस्थाको व्यवसाय विस्तारका लागि सक्दो सहजीकरण गरिदिने बताएका हुन् ।

बिज्ञापन

यस्तै, सेयर बजार सुधारका लागि पनि उपयुक्त नीतिगत व्यवस्था गरिने उनले सार्वजनिकरुपमै बताएपछि त्यसको सकारात्मक प्रभाव बिहीबारको सेयर बजारमा देखिएको जानकारहरु बताउँछन् । सेयर बजारमा ठूलो जनसंख्या आबद्ध भएको र उनीहरु अहिले समस्यामा परेको भन्दै पुँजी बजार सुधारका लागि काम गर्ने गभर्नरको भनाई छ ।

त्यसो त बजार यसै पनि लामो समयदेखि साइडवेजमा छ । नेप्सेले माथि जानका लागि उपयुक्त समय कुरिरहेको देखिन्छ । यही बेला सरकार तथा नियामक निकाय पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् । व्यवहारिकरुपमा हेर्न भने बाँकी छ ।

अब नयाँ बजेट पनि आउँदैछ । यसमा केही सकारात्मक सम्बोधन हुन सक्यो भने नेप्सेले थप उचाई लिन सक्नेछ । यसैगरी, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पनि आउदैछ । यद्यपि, तेस्रो समीक्षामा सामान्यतयः खासै ठूला नीतिगत परिवर्तन गर्ने चलन हुँदैन । तर भर्खरै नयाँ गभर्नर नियुक्त भएकाले तेस्रो त्रमासको समीक्षालाई पनि सबैले निकै चासोका साथ हेरेको देखिन्छ ।

त्यसो त निकै लामो समयसम्म थला परेको बजार उकासिनका लागि केही समय लाग्छ । बजार सुधारका पक्षमा नीतिनियमहरु आउन थाल्यो भने त्यसले आम लगानीकर्ताको मनोबल सकारात्मक बनाउन सक्नेछ । त्यसपछि बजारले गति लिन सक्ने देखिन्छ ।

यसअघि ३२ सयको उच्चतम विन्दुमा पुगेको बजार केन्द्रीय बैंकले नीतिगत व्यवस्थाहरुमार्फत कसेपछि घट्न थालेका थियो । विशेषगरी सेयर कर्जामा १५ करोडको सीमा, बढी जोखिमभार तथा बैंक–वित्तीय संस्थालाई अल्पकालीन कारोबारमा रोकलगायतका कारण बजार प्रभावित भएको जानकारहरुको भनाई छ । अब नयाँ गभर्नर यी कुराहरुमा लचक नीति लिए भने त्यो सेयर बजारका लागि सुन्दर पक्ष हुने जानकारहरु बताउँछन् ।

अधिक तरलता र सस्तो ब्याजदर कायम भएको अहिलेको अवस्थामा केन्द्रीय बैंक निकै हदसम्म लचिलो हुने धेरैको अनुमान रहेको छ । यसैकारण अब क्रमशः सेयर बजार थप गतिशील बन्दै जाने विश्लेषणहरु भइरहेका छन् ।

केन्द्रीय बैंक पुँजी बजारको प्रत्यक्ष नियामक नभए पनि हाम्रो बजारमा भने सबैभन्दा बढी प्रभाव उसकै देखिएको छ । किनभने मौद्रिक नीतिसहित केन्द्रीय बैंकले जारी गर्ने निर्देशनहरुले सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्ने गर्छ ।

अहिले पनि एक जना व्यक्तिले १५ करोडभन्दा बढीको सेयर र्जा लिन नपाउने, बैंक–वित्तीय संस्थाले सेयर बजारमा अल्पकालीन कारोबार गर्न नपाउने, सेयर कर्जामा जोखिमभार बढी राख्ने लगायतका नीति अपनाइएका छन् । यसले सेयर बजारलाई बेस्सरी प्रभावित बनाएको देखिन्छ ।

यस्तै, सेयर बजारमा माग र आपूर्तिको नियमले पनिा भूमिका खेल्छ । अहिलेको आपूर्ति थेग्नका लागि दैनिक कारोबार रकममा बढोत्तरी हुँदै जनुपर्ने देखिन्छ । बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुनुपर्छ ।

संस्थागत लगानीकर्तामा पनि क्रय क्षमता वृद्धि हुनुपर्छ । यसका लागि सरकार तथा नियामकले कसिएका नीतिहरु खुकुलो बनाउँदै जानुपर्ने हुन्छ । लगातार ब्याजदर घटिरहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । यति हुँदा पनि बजारले गति लिन भने सकेको छैन ।

यस दिन ३ सय १४ कम्पनीको २ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर र कुमारी बैंक परेका छन् ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर