Premier Cables
Premier Steel

मनोरञ्जन

चर्चित अभिनेता सुनिल थापाको निधन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ २४, २०८२  | बिहान १०:५६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।

उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

बिज्ञापन

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।

उनका अनुसार परिवारका सदस्य आइपुगेपछि औपचारिक घोषणा गर्ने तयारी छ।

परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए।

सुनिल थापाले लामो समयदेखि नेपाली तथा भारतीय फिल्ममा काम गर्दै आएका थिए।

३०० बढी नेपाली फिल्ममा अभिनय गरेका सुनिल थापा ‘राते काइँला’ भनेर समेत चिनिन्थे। फिल्म ‘चिनो’मा ‘राते काइँला’ को भूमिकामा प्रस्तुत सुनिल त्यसयता सर्वाधिक खोजिने खलपात्रको रुपमा रहेका थिए।

एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष समेत रहेका सुनिल पछिल्लो समय फिल्म ‘एक्लो’ मा देखिएका थिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka