Premier Cables
Premier Steel

राजनीति

निर्वाचन प्रहरीमा एक लाख ७२ हजार ८७७ जनाले दिए आवेदन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | अपराह्न २:४७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नामा उत्साहजनक सहभागिता देखिएको छ। बिहीबारसम्म एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार देशभरबाट एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाको माग गरिएको थियो। सोहीअनुसार अन्तिम मितिसम्म १ लाख ७२ हजार ८७७ आवेदन परेका हुन्। तर, ३६ जिल्लामा भने मागभन्दा कम आवेदन परेको उनले जानकारी दिए।

कम आवेदन परेका ३६ जिल्लामा थप दुई दिनको म्याद दिई पुनः आवेदन आह्वान गरिएको डीआईजी काफ्लेले बताए। निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया २४ पुसदेखि सुरु गरिएको थियो र बिहीबार अन्तिम मिति तोकिएको थियो।

यसैबीच, सशस्त्र प्रहरी बलले पनि निर्वाचन सुरक्षा प्रयोजनका लागि छुट्टै भर्ना आह्वान गरी आवेदन संकलन गरिरहेको छ।

निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी तथा पूर्व वनरक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्ना प्रक्रियामा शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण गरेका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ। साथै, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा दिएका व्यक्ति तथा विदेशी सुरक्षा निकायमा सेवा गरी अवकाश प्राप्त नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka