Premier Cables
Premier Steel

खेलकुद विराटनगर

विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०९, २०८२  | अपराह्न ३:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेस्ट माध्यमिक विद्यालयको समन्वयमा १८औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

पुस ९ गते(बुधबार) देखि ११ गतेसम्म स्पर्धा हुँदैछ । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका छन् ।

बिज्ञापन

एभरेस्ट माध्यमिक विद्यालयको खेल मैदान र सहिद मैदानमा सञ्चालन हुने प्रतियोगितामा विराटनगरभित्रका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूले विभिन्न खेल विधामा सहभागिता छ ।

महानगरपालिकाले प्रतियोगिताका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी सम्पूर्ण खर्च एभरेस्ट माध्यमिक विद्यालयले व्यहोर्नेछ।

साथै प्रतियोगितालाई व्यवस्थित र उत्कृष्ट बनाउन आवश्यक सम्पूर्ण प्राविधिक व्यवस्थापनको जिम्मेवारी पनि एभरेस्ट माविले लिने विद्यालयका प्राचार्य टिकाराम पुरीले जानकारी दिए।

कोइरालाले खेलकुद आजको पुस्ताका लागि अपरिहार्य भएको उल्लेख गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अब एउटा पर्वको रूपमा स्थापित भइसकेको बताए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सबैले खेलकुदलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

नेपाल सरकारले विद्यालय तहबाटै बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक पालिकामा पालिकास्तरीय, जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगितामा १८ वर्षमुनिका विद्यार्थीहरू सहभागी हुन पाउने छन्। यसअन्तर्गत विशेषगरी एथलेटिक्स दौड, रिले, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु लगायतका खेलहरूमा प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबैभन्दा धेरै पदक जित्ने विद्यालयले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड हात पार्नेछ।

पुस ९ गतेदेखि सुरु हुने प्रतियोगितामा ६२ विद्यालयका  १ हजार ५ सय २५ जना विद्यार्थी सहभागी हुने छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka