Premier Cables
Premier Steel

शेयर बजार

लगातार घट्यो सेयर बजार, ७ अर्ब ८ करोड कारोबार

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बिहिबार, जेठ ०१, २०८२  | साँझ ४:४५ बजे

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । परिसूचक नेप्से ८.४१ अंक घटेको हो । सो कमीपछि नेप्से २६११ अंकमा झरेको छ । योसहित लगातार पाँचौ दिन बजार घटेको हो । ८२ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटाको स्थिर रह्यो । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोडको भयो । यस दिन होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ ।

होटल तथा पर्यटन सेक्टरका कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक छ । साथै व्यापार ०.७० प्रतिशत बढ्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २.१२ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स ०.७९, हाइड्रोपावर ०.६५, लगानी ०.०४, जीवन बीमा ०.४१, उत्पादन ०.४५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४० तथा अन्य १.१४ प्रतिशत घटे ।

बिज्ञापन

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ९.६२, बाराही हाइड्रोपावरको ८.९४, सोल्टी होटलको ८.०५, नेपाल माइक्रोइन्स्योरेन्सको ५.२४ प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ८.६५, जोशी हाइड्रोपावरको ७.०६, ग्रिन डेभलपमेन्ट बैंकको ५.९८, सिन्धु विकास बैंकको ५.६९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka