Premier Cables
Premier Steel

मनोरञ्जन

मोडेल आश्माको ४४ सेकेन्डको भिडियो,किन भइरहेको छ भाइरल ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ३०, २०८२  | बिहान ८:३० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । चर्चित नेपाली मोडेल आश्मा विश्वकर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरेको ४४ सेकेन्डको नृत्य भिडियो अहिले निकै भाइरल भएको छ।

दक्षिण भारतीय अभिनेता रामचरण अभिनीत फिल्म पेड्डी को गीत चिकरी चिकरी मा आधारित यस भिडियोको सार्वजनिक भएपछि आश्मा थप प्रशंसा पाइरहेकी छन्। तीन दिनअघि पोस्ट गरिएको उक्त ४४ सेकेन्डको नृत्य भिडियोले अहिले इन्टरनेटमा ठूलो चर्चा र ध्यान आकर्षित गरेको छ।

बिज्ञापन

यो भिडियो पेड्डी को गीत चिकरी चिकरी मा आधारित छ, जुन टिकटकमा १ करोड ६७ लाख पटक हेरिएको छ र ९ लाख ७८ हजार लाइक प्राप्त गरेको छ। फेसबुकमा भने यो भिडियो १ करोड ८९ लाख पटक हेरिएको छ। आश्माले गीत सुनेर त्यसमा नृत्य गर्न मन लागेको र भिडियो बनाउन प्रेरित भएको बताएकी छन्।

आश्माको नृत्य प्रदर्शनलाई दर्शकहरूले मूल गीतको नृत्यभन्दा अझ आकर्षक र प्रभावशाली भनेका छन्। नेपाली सेलिब्रेटीहरू मात्रै होइन, बलिउड कलाकारहरूले पनि आश्माको नृत्यको प्रशंसा गरेका छन्। गायिका दीपा झा, पेड्डी की अभिनेत्री जान्ह्वी कपुर र फिल्मको अफिसियल पृष्ठले आश्माको भिडियो इन्स्टाग्राममा सेयर गरेका छन्। रामचरणका फ्यान क्लबहरूले पनि यस भिडियोको प्रशंसा गर्दै सेयर गरेका छन्।

यो भिडियोलाई दहचोकस्थित स्विट्जरल्यान्ड पार्कमा खिचिएको हो, र सम्पादन सुरोज अधिकारीले गरेका छन्। आश्माले भिडियो बनाउन सहजै प्रेरणा पाएको भएता पनि, धुम्रपानको दृश्य भने निकै कठिन भएको र आफूले चुरोट तान्नुपर्ने कारणले त्यो सीनलाई बढी चुनौतीपूर्ण पाएको बताइन्।

आश्माको पहिरन, नृत्य स्टेप र आकर्षक हाउभाउले सबैको ध्यान आकर्षित गरेको छ। नृत्यका कारण सधैं चर्चामा रहने आश्मा यसअघि थुप्रै म्युजिक भिडियो र स्टेज डान्सहरूको हिस्सा बनिसकेकी छन्, र उनी कार्टुन्ज क्रु मा पनि आबद्ध छिन्।

यस गीतको संगीत एआर रहमानले दिएका छन् र मोहित चौहानको स्वर रहेको छ। नेपालका धेरै युवाले पनि यो गीतमा रिल्स र टिकटक भिडियो बनाइरहेका छन्, र यो गीत विश्वभर चर्चा भइरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka