Premier Cables
Premier Steel

खेलकुद विराटनगर

विराट गोल्डकप तीन लाख रुपैयाँ नाफामा, यो वर्ष प्रतियोगिताको छैन् टुंगो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, कार्तिक २७, २०८२  | अपराह्न २:०४ बजे

विराटनगर । अघिल्लो वर्ष विराटनगरको सहिद रंगशालामा सम्पन्न नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक समितिले करिब तीन लाख रुपैयाँ नाफा गरेको छ। लगातार दुई संस्करण घाटा खेपेको गोल्डकपले यसपटक नाफा कमाउन सफल भएको हो।

विराटनगर फुटबल ट्रस्टले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक नवीन रिजालले २ लाख ९४ हजार ३७४ रुपैयाँ वचत भएको जानकारी दिए। उनले खेलमा टिकट बिक्री कमजोर हुनु र धेरै पास वितरण गर्नु नाफा घट्ने प्रमुख कारण भएको बताए। रिजालले खेलकुदको विकासका लागि दर्शक र महानगरवासीले सक्रिय सहयोग गर्नुपर्नेमा जोड दिए।

ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगिता नियमित रूपमा आयोजना गर्न सके यसको निरन्तरतामा समस्या नहुने बताए। उनले भने, “हामी चाँडै बैठक बसेर यो वर्षको संस्करणका लागि तयारी थाल्दैछौं।” उनका अनुसार सरकारी र निजी क्षेत्र दुवैतर्फबाट सहयोगको आश्वासन पाइने तर त्यसको कार्यान्वयन नहुँदा कठिनाइ भोग्नु परेको छ।

गत वर्ष फागुन १९ देखि २८ गतेसम्म सहिद रंगशालामा सम्पन्न गोल्डकपमा करिब १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी र १ करोड ४ लाख रुपैयाँ खर्च भएको आयोजक समितिले जनाएको छ।

फागुन २८ गतेको फाइनल खेलमा थ्री स्टार क्लबले डार्बी क्लब ललितपुरको चर्च ब्वाइज युनाइटेडलाई २–० ले पराजित गर्दै दोस्रोपटक उपाधि जितेको थियो। विजेता थ्री स्टारले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka