Premier Cables
Premier Steel

मनोरञ्जन

थुनामा रहेकी टिकटकर रमा बस्नेतलाई बिरामी बुवाकाे चिन्ता !

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | बिहान १०:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्व र समुदायविरुद्ध आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमापक्राउ परेकी टिकटकर रमा बस्नेताले बुवा बिरामी परेकाे भन्दै चिन्ता गरेकी छिन् ।

बस्नेतलाई भेटेपछि रास्वपाका नेता दिपक बोहोराले प्रहरी प्रभाग, दरबारमार्गमा भेटेर प्रतिक्रिया दिएका छन्र । उहाँलाइ भेटेर निस्किँदैछु। के भनिदिउँ बहिनी भनेर सोधेको थिएँ। उनले भनिन्- ‘अन्याय गरे सर, बुवा अस्पतालमा हुनुहुन्छ हेर्ने काेही छैन। यो सरकारलाई मसँग के-को डर रहेछ कुन्नी ?’ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीया बस्नेतले नेता बाेहाेरासँग बुवाकाे स्वास्थ्यबारे चिन्ता गरेकी थिइन ।

बिज्ञापन

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार बस्नेतलाई आइतबार पक्राउ गरिएको हो। अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरी अनुसन्धान अनुसार बस्नेतले सामाजिक सञ्जाल टिकटकमा आधारहीन आरोप लगाउँदै प्रतिष्ठित राजनीतिक नेताहरूप्रति अपशब्द प्रयोग गर्ने र भिडियो पोस्ट गर्ने गरेकी थिइन्। साथै, उनले टिकटक लाइभमार्फत मधेसी समुदायप्रति अपमानजनक टिप्पणी गरेकी थिइन्।

बस्नेतमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको छ। ब्युरोका अनुसार उनले नियोजित रूपमा जातीय, धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने सामग्रीहरु प्रसारण गर्दै संस्थागत छविमा आँच पुर्‍याउने कार्य गरिरहेकी थिइन्।प्राविधिक विश्लेषण र प्रमाणको आधारमा संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa