Premier Cables
Premier Steel

मनोरञ्जन

गायिका रचना रिमाललाई के भयो त्यस्तो ? सेनाकै हेलिकप्टरले उद्दार गर्नुपर्यो !

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | बिहान ९:५८ बजे
Hamro Biratnagar Headlines

रुकुम । गायिका रचना रिमाल एक्कासि बिरामी परिन् । उनी एउटा सांगीतिक कार्यक्रममा प्रस्तुति दिन रुकुम पश्चिम पुगेकी थिइन । तर, एक्कासिन बिरामी परेपछि उनलाई सेनाको बाट हेलिकप्टरमार्फत उद्धार गरियो ।

सानीभेरी गाउँपालिका ३ मा आयोजना गरिएको एक महोत्सवमा सहभागी हुन उनी पुगेकी थिइन । तर अकस्मात बिरामी परिन । अनि काठमाडौं लगियो ।

बिज्ञापन

मंगलबारका लागि कार्यक्रम तय भएको थियो। तर रिमाललाई एक्कासि पेट दुख्ने समस्या देखियो । सहनै नसक्ने भएपछि उनले उपचारमा लैजान आग्रह गरिन ।

सानीभेरी रंगलशालामा गत जेठ १२ गतेदेखि आयोजना भइरहेको सांस्कृतिक महोत्सवमा सहभागी हुन रिमाल सोमबार आइपुगेको आयोजक डिल्ली परियारले जानकारी दिए।

‘महोत्सवमा आज उनको प्रस्तुति रहने गरी हामीले तयारी गरेका थियौं। तर बिहान एक्कासि पेट दुख्यो भनेपछि तत्काल चौरजहारी अस्पताल पुर्‍याइयो। तर त्यहाँ उपचार नहुने देखेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगियो। त्यहाँबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं पुर्‍याइएको छ,’ उनले भने।

गायिका रिमालको अहिले काठमाडौंस्थित ह्याम्स हस्पिटलमा भर्ना गरी उपचार भइरहेको छ। अहिले केही बिसेक भएको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka