






रुकुम । गायिका रचना रिमाल एक्कासि बिरामी परिन् । उनी एउटा सांगीतिक कार्यक्रममा प्रस्तुति दिन रुकुम पश्चिम पुगेकी थिइन । तर, एक्कासिन बिरामी परेपछि उनलाई सेनाको बाट हेलिकप्टरमार्फत उद्धार गरियो ।
सानीभेरी गाउँपालिका ३ मा आयोजना गरिएको एक महोत्सवमा सहभागी हुन उनी पुगेकी थिइन । तर अकस्मात बिरामी परिन । अनि काठमाडौं लगियो ।
मंगलबारका लागि कार्यक्रम तय भएको थियो। तर रिमाललाई एक्कासि पेट दुख्ने समस्या देखियो । सहनै नसक्ने भएपछि उनले उपचारमा लैजान आग्रह गरिन ।
सानीभेरी रंगलशालामा गत जेठ १२ गतेदेखि आयोजना भइरहेको सांस्कृतिक महोत्सवमा सहभागी हुन रिमाल सोमबार आइपुगेको आयोजक डिल्ली परियारले जानकारी दिए।
‘महोत्सवमा आज उनको प्रस्तुति रहने गरी हामीले तयारी गरेका थियौं। तर बिहान एक्कासि पेट दुख्यो भनेपछि तत्काल चौरजहारी अस्पताल पुर्याइयो। तर त्यहाँ उपचार नहुने देखेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगियो। त्यहाँबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं पुर्याइएको छ,’ उनले भने।
गायिका रिमालको अहिले काठमाडौंस्थित ह्याम्स हस्पिटलमा भर्ना गरी उपचार भइरहेको छ। अहिले केही बिसेक भएको बताइएको छ ।