Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा ‘माँ कामाख्या फ्यामिली रेस्टुरेन्ट’ सञ्चालनमा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३०, २०८३  | अपराह्न ३:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–७ मा ‘माँ कामाख्या फ्यामिली रेस्टुरेन्ट’ नयाँ नाम र स्वरूपसहित सञ्चालनमा आएको छ। रेस्टुरेन्टको उद्घाटन सञ्चालक विजयकुमार शाहकी छोरीले रिबन काटेर गरेकी थिइन्।

सञ्चालक शाहका अनुसार रेस्टुरेन्ट सञ्चालनका लागि करिब ७५ देखि ८० लाख रुपैयाँ लगानी गरिएको छ। यसअघि सञ्चालनमा रहेको होटललाई नयाँ स्वरूपमा रूपान्तरण गरी ग्राहकलाई थप गुणस्तरीय सेवा दिने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको उनले बताए।

विज्ञापन

रेस्टुरेन्टमा विभिन्न प्रकारका मिठाई, खाजा तथा खानाका परिकार उपलब्ध छन्। ग्राहकलाई स्वच्छ र गुणस्तरीय खाना, पारिवारिक वातावरण तथा सहज सेवा प्रदान गर्नु रेस्टुरेन्टको मुख्य उद्देश्य रहेको शाहले बताए।

रेस्टुरेन्ट उद्घाटनको अवसरमा ग्राहकका लागि १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यस्तै, स्पिन गेममार्फत मिठाई, खुवा, लस्सी र समोसालगायतका परिकार जित्न सकिने व्यवस्था पनि गरिएको सञ्चालक शाहले जानकारी दिए।

ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले आगामी दिनमा पार्किङ व्यवस्थापनलाई समेत व्यवस्थित बनाउने प्रयास गरिने उनले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka