Premier Cables

खेलकुद

च्याम्पियन्स लिग विजेता पीएसजीले मनायाे उत्सव

Calendar मंगलबार, जेठ २०, २०८२  | बिहान ८:१० बजे

काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो उपाधि च्याम्पियन्स लिग जितेको २४ घण्टापछि पेरिस सेन्ट जर्मेन पीएसजीले आइतबार राति आफ्नै घरेलु मैदान पार्क दे प्रिन्स रंगशालामा भव्य विजय उत्सव मनाएको छ ।

शनिबार राति इटालियन क्लब इन्टर मिलानलाई ५-० ले पराजित गर्दै आफ्नो इतिहासकै पहिलो च्याम्पियन्स लिग उपाधि जितेको पीएसजीले एकै सिजनमा तीन उपाधि लिग, घरेलु कप, र च्याम्पियन्स लिग जित्दै ‘ट्रेबल’ जितेको थियो । उसले ‘ट्रेबल जित्ने फ्रान्सको पहिलो क्लबको कीर्तिमान समेत बनाएको थियो ।

बिज्ञापन

राति आयोजित उत्सवमा हजारौं समर्थकहरू क्लबको निलो र रातो रंगको जर्सी लगाएर स्टेडियममा आएका थिए । उनीहरूले विभिन्न बाजाहरूसहित पटाका र नारा लगाएर खेलाडीहरूलाई स्वागत गरेका थिए ।

क्लबको सफलताको केन्द्रमा रहेका युवा खेलाडीहरू- जियानलुइजी डोन्नारूम्मा, अक्राफ हाकिमी, उस्मान डेम्बेले, डेजिरे डुए, भिटिन्हा, जोआओ नेभेस र ख्भिचा ख्वारात्स्खेलियालाई समर्थकहरूले विशेष सम्मान दिएका थिए । कतारी मालिकहरूको लगानीमा बनेको यो टोलीले च्याम्यिस लिगमा पुनरागमन प्रदर्शन गर्दै इतिहास रचेको हो ।

पीएसजीको यस उपलब्धिले लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पेजस्ता स्टारहरूले समेत हासिल गर्न नसकेको सपना पुरा गरिदिएको छ । यो उपाधिसँगै पीएसजी च्याम्पियन्स लिग जित्ने फ्रान्सको दोस्रो क्लब बनेको छ । पहिलोपटक सन् १९९३ मा ओलिम्पिक मार्सेले यो सफलता हासिल गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो