Premier Cables
Premier Steel

अपराध समाचार

थाइल्याण्डबाट आएको ३.२ केजी गाँजासहित दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | साँझ ७:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार्सलमा आएको ३.२ केजी थाई गाँजा बरामद गरी प्रहरीले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार थाइल्याण्डबाट काठमाडौं हुँदै भैरहवा जाने पार्सलमा शंका लागेपछि प्रहरीले निगरानी बढाएको थियो।

बिज्ञापन

ब्यूरोले लागू औषध अपराध रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा सम्बन्धित निकायहरूसँग सहकार्य एवं सूचना आदानप्रदान गर्दै आएको जनाएको छ। सोही क्रममा थाइल्याण्डबाट काठमाडौं हुँदै भैरहवा जाने पार्सलमाथि शंका लागेपछि सम्बन्धित कुरियरमार्फत २०८३ साल साउन २४ गते ब्यूरोलाई सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उक्त पार्सल चेकजाँच गर्दा फेन्सी सामानका दुई वटा पार्सलभित्र लागू औषध थाई गाँजा लुकाएर पठाइएको फेला पारेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीले उक्त पार्सलबाट ३.२ केजी थाई गाँजा बरामद गरेको हो।

पार्सल बुझिलिने शंकित व्यक्तिलाई पक्राउ गर्न ब्यूरोले आफ्नै निगरानीमा कन्ट्रोल डेलिभरी सञ्चालन गरेको थियो। सोही क्रममा उक्त पार्सल बुझ्न आएका भारतीय नागरिकसहित दुई जनालाई २०८३ साल साउन २६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले जनाएका छन्।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० ठेगाना भएका २३ वर्षीय मनोहर हरिजन र भारत उत्तर प्रदेश राज्यको जिल्ला बस्ती, परसरामपुर ठेगाना भएका १८ वर्षीय निखिल वर्मा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट लागू औषध थाई गाँजा ३.२ केजी र दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाही भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखित विवरणका आधारमा तयार गरिएको समाचार।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa