Premier Cables
Premier Steel

कोशी प्रदेश

सवारी लाइसेन्स परीक्षा थप व्यवस्थित गर्दै कोसी सरकार, सिटी रिक्सा चालकलाई सहज हुने

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar सोमबार, जेठ १२, २०८२  | साँझ ६:२४ बजे

विराटनगर । कोसी प्रदेश सरकारले सवारी चालक अनुमति पत्र लिइने परीक्षण प्रणालीमा केही संशोधन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले परीक्षा थप नागरिक मैत्री र व्यवहारिक बनाउने निर्णय गरेको हो । सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले अब तीन पाङ्ग्रे सिटी रिक्सा चलाउने चालकलाई चालक समेत लाइसेन्स दिन परीक्षा संचालन निर्देशिका स्विकृति गरेको जानकारी दिएका छन् ।

बिज्ञापन

परीक्षा संचालन सम्बन्धमा परीक्षा संचालन निर्देशिका २०८२ स्विकृत गरेको उनले बताए । भने,“धेरै चालकहरु लाइसेन्स लिन प्रतीक्षरत हुनुहुन्छ ।” संशोधन गरिएको विषय राजपत्रमा प्रकासित भएपछि सर्वसाधरणमा जानकारी हुने मन्त्री भण्डारीको भनाइ छ ।

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मन्त्रालयहरुको संगठन तथा व्यवस्थाप प्रतिवेदन प्रदेश सरकारको राजनीतिक तथा प्रशासनिक समितिमा अध्ययनको लागि पठाउने समेत निर्णय गरेको छ । आठौ तहका कर्मचारीको बढुवा सम्बन्धमा उच्च अदालत विराटनगरको फैसलाले माग गरेको जवाफ प्रदेश लोकसेवा मार्फत पठाउने, ताप्लेजुङको धुङ्सा खोलामा जनताको लगानी शीर्षकमा ५ प्रतिशत लगानी गर्ने, धनकुटा जिल्ला अस्पताल मनमोहन प्राविधिक विश्व विद्यालयमा हस्तान्तरण गर्न नीतिगत निर्णय गरको छ ।

यसैगरी प्रदेश जनस्वास्थ्य सम्बन्धी नीतिमा सम्बन्धित विषयगत समितिमा पठाउने र खोटाङ जिल्ला अस्पतालाई पचास शैया बनाउने निर्णय गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka