दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले एक्सपोमा आकर्षण थपिएको छ ।
पहिलो दिन चर्चित ब्याण्ड कुटुम्ब र गायिका ईन्द्रकला राईको प्रस्तुति गरेका थिए । त्यसपछि कुमा सागर र आश्मा विश्वकर्माको प्रस्तुति रह्यो । हिजो फिरन्ते र शिव परियारको प्रस्तुति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको मैदानस्थित एक्स्पो स्थलमा अपरान्ह सांगीतिक कार्यक्रम शुरु हुने छ ।