Premier Cables
Premier Steel

राजनीति

कांग्रेस महाधिवेशन नसार्न चेतावनी

Calendar बिहिबार, मंसिर १८, २०८२  | साँझ ५:३७ बजे

काठमाडौं । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन् ।

विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ताको तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५औँ महाधिवेशनको तयारी विषयक अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन् ।

बिज्ञापन

कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए । उनले निर्धारित गरिएको पार्टीको नियमित महाधिवेशन सार्ने खेलमा नलाग्न चेतावनी दिए ।

विशेष महाधिवेशनको दबाब दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचनअघि नियमित महाधिवेशन गर्न तयार भएको घिमिरेको भनाइ छ । बहुमतको शक्तिका साथ आफूहरू महाधिवेशनको तयारीमा जुट्ने उनले बताए । महाधिवेशनमा आफूहरूको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न घिमिरेको चेतावनी छ ।

आफूहरू पार्टीले निर्धारण गरेको कार्यतालिकालाई सफल बनाउन भूमिका खेल्ने समेत घिमिरेले बताए । अब निर्वाचन क्षेत्रमा क्रियाशील हुन आग्रह गर्दै कसैले अप्ठेरो पारे एकताबद्ध भएर सामना गर्ने आग्रह गरे । हिमालयन टेलिभ्वाइस

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka