Premier Cables
Premier Steel

राष्ट्रिय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः सुरु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १८, २०८२  | अपराह्न २:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । महाधिवेशनको मितिमाथि चलिरहेको विवादका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुनः सुरु भएको छ।

शुक्रबारदेखि सुरु हुन नसकेको बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न थालेको हो। यसअघि २८ असोजदेखि बैठक सुरु भए पनि महाधिवेशनको मितिमा मतभेद कायम रहँदा बारम्बार स्थगित हुँदै आएको थियो।

बिज्ञापन

बैठकमा आगामी १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषय मुख्य एजेन्डा बनेको छ। पार्टीभित्र महाधिवेशन आगामी २१ फागुनको आम निर्वाचनअघि गर्ने कि पछि भन्नेमा सहमति जुट्न नसक्दा बैठक बारम्बार रोकिँदै आएको हो।

पछिल्ला दिनहरूमा शीर्ष नेताहरूबीच निरन्तर छलफल भए पनि साझा प्रस्तावमा सहमति हुन सकेको छैन। आजको बैठकमा महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन् भने संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

सहमतिको प्रयासस्वरूप गत शुक्रबार र आइतबारका लागि तोकिएका बैठकहरू पनि नबस्दै स्थगित गरिएको थियो।

आजको बैठकमा दुवै पक्ष — महामन्त्री गगन थापा समूह र संस्थापन पक्ष —ले छुट्टाछुट्टै कार्यतालिका पेस गर्ने तयारी गरेको बताइएको छ।

यसअघि, संस्थापन पक्षीय नेताहरूले नयाँ बानेश्वरमा बसेको भेलाबाट १५औं महाधिवेशन वैशाख २५ देखि २८ गतेसम्म गर्ने प्रस्ताव पारित गरी केन्द्रीय समितिमा लैजाने निर्णय गरेका थिए।

यता, संस्थापन–इतर नेताहरू भने प्रतिनिधिसभा निर्वाचनअघि नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूले यस सम्बन्धमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa