Premier Cables
Premier Steel

चलचित्र

भारतीय दिग्गज अभिनेता असरानीको मुम्बईमा निधन

नोट: यो समाचार २ महिना अघिको हो

Calendar मंगलबार, कार्तिक ०४, २०८२  | अपराह्न १२:०१ बजे

काठमाडौं । भारतीय दिग्गज अभिनेता असरानीको ८४ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । असरानीका निजी सचिव बाबुभाइले बीबीसी हिन्दीसँग उनको निधनको पुष्टि गरेका छन् ।

उनका अनुसार, असरानीलाई विगत चार दिनदेखि स्वास्थ्यसम्बन्धी समस्याका कारण मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना गरिएको थियो । सोमबार (अक्टोबर २०) दिउँसो उनको निधन भएको हो ।

बिज्ञापन

मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानभूमिमा उनको अन्तिम संस्कार गरियो । अन्तिम संस्कारमा उनको परिवारका सदस्य र नजिकका व्यक्तिहरू उपस्थित थिए ।

उनको पूरा नाम गोवर्धन असरानी थियो । उनको जन्म सन् १९४१ मा जयपुरमा भएको थियो ।

उनका निजी सचिव बाबुभाइले बीबीसी हिन्दीलाई बताएअनुसार, असरानीले आफ्नी पत्नी मञ्जुसँग उनको मृत्यु चर्चाको विषय नबनोस् र धेरै होहल्ला नहोस् भन्ने चाहेका थिए । यही कारणले असरानीको अन्तिम संस्कारपछि मात्र उनको मृत्युसम्बन्धी जानकारी सार्वजनिक गरिएको थियो ।

असरानीले पुणेको फिल्म इन्स्टिच्युटमा सम्पादन सिकाउन आएका निर्देशक ऋषिकेश मुखर्जीको ‘गुड्डी’ फिल्ममा काम गरेर अभिनयको सुरुआत गरेका थिए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka