Premier Cables
Premier Steel

मनोरञ्जन

राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक

Calendar आइतबार, असोज २६, २०८२  | बिहान ८:१४ बजे

काठमाडौं । अभिनेता राजेश हमालको जीवनमा आधारित पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक भएको छ।

शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

बिज्ञापन

पुस्तकमा हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उहाँको व्यक्तिगत जीवन, परिवार, समाज र अन्य विभिन्न विषय समेटिएको छ ।

कार्यक्रममा अभिनेता हमालले जीवनमा भोगेका कुराहरू कति खोल्ने, कति नखोल्ने र जीवनमा ठोक्किएका व्यक्तिहरूलाई कतिलाई संलग्न गर्ने या नगर्ने भन्ने कुरा पुस्तकमा समेट्न चुनौतीपूर्ण भएको बताउनुभायो । लेखक यज्ञशले पुस्तक तयार पार्ने क्रममा फेरिएका नयाँ विचार र अवधारणाबारे सुनाउनुभयो ।

फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा तयार परिएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka