Premier Cables
Premier Steel

कोशी प्रदेश

कांग्रेस कोशी समिति: गणतन्त्रको विकल्प छैन, लोकप्रिय गणतन्त्र नै साँचो विकल्प

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २६, २०८२  | अपराह्न ३:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले नेपालको समृद्धि र उज्जवल भविष्यका लागि लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउँदै यसको नवीन सुनिश्चितता आवश्यक रहेको जोड दिएको छ।

प्रदेश सभापति उद्धव थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन; लोकप्रिय गणतन्त्र नै मुलुकको सार्थक हित, शान्ति, सुशासन र समृद्धिको मार्ग हो। यसैले नेपाली कांग्रेस कोशी प्रदेश वर्तमान संविधानभित्रै समाधान खोज्न हार्दिक अपिल गर्दछ।”

बिज्ञापन

थापाले राष्ट्रपतिप्रति सम्मान व्यक्त गर्दै सबै पक्षलाई आवश्यक परामर्श गरेर संविधानभित्रै समाधान खोज्न पनि आग्रह गरेका छन्।

विज्ञप्तिमा प्रदेशका ऐतिहासिक धरोहर, संघ, प्रदेश र स्थानीय तहका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र नेपाली कांग्रेसका कार्यालय तथा नेताहरुको घरमा भएको आगजनी, तोडफोड र आक्रमणको भर्त्सना गरिएको छ। यसमा पार्टी सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा लगायत नेतामाथि भएको सांघातिक हमलालाई समेत निषेध गरिएको छ।

थापाले जनाए अनुसार, “जेनजी आन्दोलनका भावना भन्दा बाहिर नियतवश गतिविधिमा सहभागीहरूले योजनाबद्ध रूपमा विघ्न पुर्याएका हुन्। आगामी सरकारले देशव्यापी रूपमा यस घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने आवश्यक छ।”

विज्ञप्तिमा सबै पार्टी सदस्य, भातृ–शुभेच्छुक संघ–संस्था, र आम नागरिकलाई शान्ति, सुव्यवस्था कायम गर्न र सामाजिक उत्तरदायित्व पूरा गर्न हार्दिक अपिल गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka