Premier Cables
Premier Steel

विराटनगर

हेरिटेज इन्टरनेशनलका विद्यार्थीद्वारा कोसी प्रदेश सभाको अवलोकन भ्रमण

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | बिहान ११:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित हेरिटेज इन्टरनेशनलका विद्यार्थीहरुले कोसी प्रदेश सभाको अवलोकन भ्रमण गरेका छन् ।

प्रदेश सभा बैठकमा हाल बजेटमाथिको छलफल जारी छ । कक्षा ८,९ र १० का विधार्थी प्रदेश सभा सचिवालय पुगेर संसदीय प्रणाली र कानुन निर्माण प्रक्रियाको विषयमा जानकारी लिएको प्रिन्सिपल सुशान्त बानियाँले बताए ।‌

बिज्ञापन

बानियाँले भने,”यस किसिमको अवलोकनले विद्यार्थीलाई कानुन कहाँ कसरी बन्ने रहेछ भन्ने जानकारी प्राप्त गर्न मद्दत गर्दछ।”
विधार्थीलाई सभाभित्र हुने काम कारवाही, सुरक्षा मापदण्ड आदि विषयमा जानकारी गराइएको थियो ।

उनीहरूले सभामा विधेयक पुग्ने र त्यो ऐन बनेर आउने प्रक्रियाको विषयमा जानकारी गराइएको थियो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka