हेरिटेज इन्टरनेशनलका विद्यार्थीद्वारा कोसी प्रदेश सभाको अवलोकन भ्रमण
नोट: यो समाचार २ महिना अघिको हो
सोमबार, असार ०९, २०८२ |
बिहान ११:५६ बजे
विराटनगर । विराटनगरस्थित हेरिटेज इन्टरनेशनलका विद्यार्थीहरुले कोसी प्रदेश सभाको अवलोकन भ्रमण गरेका छन् ।
प्रदेश सभा बैठकमा हाल बजेटमाथिको छलफल जारी छ । कक्षा ८,९ र १० का विधार्थी प्रदेश सभा सचिवालय पुगेर संसदीय प्रणाली र कानुन निर्माण प्रक्रियाको विषयमा जानकारी लिएको प्रिन्सिपल सुशान्त बानियाँले बताए ।
बिज्ञापन
बानियाँले भने,”यस किसिमको अवलोकनले विद्यार्थीलाई कानुन कहाँ कसरी बन्ने रहेछ भन्ने जानकारी प्राप्त गर्न मद्दत गर्दछ।”
विधार्थीलाई सभाभित्र हुने काम कारवाही, सुरक्षा मापदण्ड आदि विषयमा जानकारी गराइएको थियो ।