Premier Cables
Premier Steel

कोशी प्रदेश

कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले दिए राजीनामा

Calendar बुधबार, माघ २१, २०८२  | साँझ ५:३९ बजे

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदुकुमार विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता विष्टले देशको बदलिँदो राजनीतिक परिस्थिति र २०८२ पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति र नेतृत्व दुवैमा परिवर्तन भएको सन्दर्भ उल्लेख गर्दै राजीनामा दिएको जानकारी गराएका हुन् ।

विशेष महाधिवेशनपछि प्रदेश सभापतिसँग वैचारिक रूपमा फरक मत उत्पन्न भएको र यस्तो अवस्थामा प्रवक्ताको हैसियतमा जिम्मेवारी निर्वाह गर्न असहज भएको भन्दै उनले पदबाट अलग भएको स्पष्ट पारेका छन् ।

राजीनामा पत्रमा विष्टले आफूलाई प्रवक्ताको रूपमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रदेश सभापतिप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै कार्यकालभर सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

उनको राजीनामालाई कांग्रेस कोशी प्रदेशभित्र विकसित वैचारिक मतभेद र आन्तरिक राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka