Premier Cables
Premier Steel

राजनीति

माघ ६ को उमेदवार मनोनयन रोक्न देउवा पक्षको माग

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | अपराह्न २:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी मंगलबार तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन प्रक्रिया स्थगित गर्न माग गरेको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै गगन–विश्व समूहलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेका हुन्।

बिज्ञापन

उनीहरूले माघ ६ गते तय गरिएको मनोनयन प्रक्रिया रोक्नुपर्ने तथा यदि मनोनयन भइसकेको अवस्थामा त्यसलाई स्थगित गरी नयाँ मिति तोक्न आदेश दिनुपर्ने माग रिटमार्फत गरेका छन्।

रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर गरी भृकुटीमण्डप महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति भंग गर्नुपर्ने माग पनि गरिएको छ।

देउवा र खड्काले निर्वाचन आयोग, भृकुटीमण्डपबाट चयन भएको नयाँ कार्यसमिति, सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन्।

उक्त रिट निवेदनमाथि प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयनकै दिन, अर्थात् आगामी मंगलबार प्रारम्भिक सुनुवाइ हुने गरी सर्वोच्च अदालतले मिति तोकेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka