Premier Cables
Premier Steel

कोशी प्रदेश

सिदिङ्वा गाउँपालिकाको केन्द्र भन्ज्याङ सारिने, कोसी मन्त्रिपरिषद्ले दियो स्वीकृति

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | साँझ ५:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिकाको केन्द्र भन्ज्याङमा सार्ने निर्णय गरेको छ। यसअघि वडा नम्बर ४ मा रहेको गाउँपालिकाको केन्द्र अब सिफारिसअनुसार भन्ज्याङमा स्थानान्तरण गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले सोमबार बसेको १२ औं मन्त्रिपरिषद् बैठकपछि उक्त निर्णयको जानकारी दिएका हुन्। उनका अनुसार गाउँपालिका सभाबाट आएको सिफारिसका आधारमा केन्द्र स्थानान्तरण गरिएको हो।

बिज्ञापन

सिदिङ्वा गाउँपालिका ताप्लेजुङको पूर्वी भूभागमा फैलिएको २ सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सिदिङ्वा डाँडामा अवस्थित सिदिङ्वा देवीको नामबाट नामाकरण गरिएको यस पालिका साविकका कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले र सुरुमखिम गा.वि.स. मिलाएर बनेको हो। ७ वटा वडाहरू रहेको गाउँपालिकाको जनसंख्या १२ हजार ९९ रहेको छ भने कृषि, पशुपालन र जडीबुटी यहाँको मुख्य आय स्रोत हुन्।

बैठकमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा पनि गरिएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट साउनदेखि नै कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयहरूलाई तयारी गर्न निर्देशन दिएका छन्।

भण्डारीका अनुसार नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्न कानुनी, भौतिक र प्राविधिक तयारी साउन महिनाभरमै पूरा गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन्। बैठकमा तीनवटा कार्यसूची पारित गरिएको छ। तीमध्ये सामाजिक व्यवहार शुद्धीकरणसम्बन्धी ऐन र सरकारी कामकाजसम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइएको छ। यी विधेयक क्रमशः आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट प्रस्तुत गरिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka