Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

अन्तराष्ट्रिय

इजरायलमा इरानको प्रतिरोधी आक्रमणमा ७ जनाको मृत्यु, एकसय जना घाइते

Calendar आइतबार, असार ०१, २०८२  | बिहान १०:४९ बजे

काठमाडौं । यजरालयले आफ्ना सैनिकको मृत्यु हुने गरी गरेको आक्रमणको प्रतिरोध स्वरुप इरानले गरेको पछिल्लो मिसाइल आक्रमणमा इजरायलको तेल अभिभ महानगरीय क्षेत्रको केन्द्रमा क्षति पुगेको छ । बत याम सहरमा एक भवनमा मिसाइल खसेको अन्तर्राष्ट्यि समाचार संस्थाहरुले जनाएका छन् ।

इजरायली आपतकालीन सेवा मागेन डाभिड एडमले यो प्रहारमा कमसेकम सातजनाको मृत्यु र लगभग १०० जना घाइते भएको पुष्टि गरेको छ । उद्धारकर्मीहरूले ध्वस्त भवनको भग्नावशेषबाट घाइतेहरूलाई बचाउन प्रयासरत रहेका छन् ।

बिज्ञापन

इरानले रातभर इजरायलमा बिभिन्न चरणमा मिसाइल प्रहार गरेको छ । यसअघि इजरायली समाचार स्रोतहरूका अनुसार, उत्तरी इजरायलको हाइफा नजिकैको आवासीय क्षेत्रमा मिसाइल प्रहार गर्दा कमसेकम पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको थियो ।

इजरायली आपतकालीन सेवा मागेन डाभिड एडमले तेल अभिभमा भएको अर्को प्रहारमा ६० वर्षीया एक महिलाको मृत्यु भएको जनाएको थियो भने ४४ जना घाइते भएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो