Premier Cables
Premier Steel

अपराध

सुनसरीको इनरुवाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८३  | बिहान ७:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले ९.५७ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

इनरुवा नगरपालिका–४ स्थित बसचोकमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यात्रुवाहक सिटी सफारी जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो। सफारीमा सवार व्यक्तिहरूमाथि शंका लागेपछि खानतलासी गर्दा प्लास्टिकको झोलामा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१२ का ३५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका–७ का ३० वर्षीय टार्जन चौधरी र इनरुवा नगरपालिका–८ का १९ वर्षीय ‘लम्फु’ भन्ने साहदिन हुसेन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka