Premier Cables
Premier Steel

अन्तराष्ट्रिय अपराध समाचार

साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : एक नेपाली नागरिकको मृत्यु

वृजेश पंडित Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक ०६, २०८३  | साँझ ६:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साउदी अरेबियाको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा एक फिलिपिनो नागरिकको समेत ज्यान गएको छ भने भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन्।

बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरूको मृत्यु भएको हो।

विज्ञापन

साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणका लागि आएको ड्रोनलाई साउदी वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। तर, ड्रोनको भग्नावशेष खस्दा आयल फिल्ड परिसरबाहिर रहेको ठेकेदारको गाडीमा आगलागी भएको थियो। सोही घटनामा दुई कामदारको मृत्यु भएको हो।

घटनाप्रति नेपालको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै आक्रमणको निन्दा गरेको छ। बिहीबार जारी सन्देशमार्फत मन्त्रालयले मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

मन्त्रालयले सर्वसाधारण नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको भर्त्सना गरेको छ। नेपालले विवादहरूको समाधान संवाद, वार्ता र कूटनीतिक माध्यमबाट शान्तिपूर्ण रूपमा खोजिनुपर्ने आफ्नो अडानसमेत दोहोर्‍याएको छ।

पछिल्ला केही हप्तायता यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गर्दै आएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka